गणेश मौनी
डोटी १२ माघ/नेपाल प्रहरीले सुदुरपश्चिम प्रदेशका सबैै जिल्लाहरुमा बोतल तथा जर्किनमा डिजेल तथा पेट्रोल लगायतका पेट्रोलियम पदार्थ बिक्रि बितरणमा रोक लगाएको छ ।
सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले बुधबार एक बिज्ञप्ती जारि गर्दै नेपाल आयल निगमको आधिकारीक बिक्रेता बाहेक अन्यले खुल्ला रुपमा पेट्रोलियम पदार्थ बिक्रिबितरण गर्न नपाईने जनाएको छ ।पछिल्लो समयमा सुदुरपश्चिम प्रदेशका बिभिन्न स्थानहरुमा अबैंधानीक रुपले फुटकर बिक्रेताले गैर कानुनी खुल्ला रुपमा पेट्रोलियम पदार्थ पानिको बोतल, जर्किन लगाएतमा राखी बिक्रीबितरण गरेको पाईएको भन्दै प्रदेश प्रहरी कार्यालयले त्यस्तो कार्यमा प्रतिबन्ध लगाएको हो ।
प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक भरत बहादुर चौधरीको हस्ताक्षरमा जारि बिज्ञप्तीमा अति प्रज्वलनशील पेट्रोलियम पदार्थलाई खुला रूपले बिक्रि बितरण तथा भण्डारण गर्दा आगलागीका साथै मानवीय एवं भौतिक क्षति समेत हुने हुदाँ यसरी अबैध खुल्ला रुपमा पेट्रोलियम पदार्थको बिक्री बितरण नगर्न नगराउन उल्लेख गरिएको छ ।
सुरक्षा संवेदनशीलताको सूचना बिपरित पेट्रोलियम पदार्थको बिक्री बितरण गरिएको पाइएमा प्रचलित कानून बमोजिम हदैसम्मको कानूनी कारवाही गरिने सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय घनगढीले जनाएको छ ।

