धनगढी, ११ माघ/समाजसेवी तथा शिक्षाप्रेमी गौरीलाल ओझाले डोटी र कैलालीका गरी २१ बिद्यालयमा आमाबुबाका नाममा अक्षय कोष स्थापनका लागि सहयोग घोषणा गरेका छन् ।
डोटीका हाल धनगढी ३ बिशालनगर निवासी ओझाले डोटीका ४ बिद्यालय, कैलाली चुरे गाँउपालिकाका सहजपुर पल्टुडेका २ बिद्यालय, खानीडाँडाको १ बिद्यालय र गोदावरीको ७ र ६का दुई बिद्यालय गरी २१ बिद्यालमा एक लाख भन्दा बढीको अक्षय कोष स्थापनका लागि आर्थिक सहयोग गरेका छन् ।
आफ्नो आम्दानीबाटको रकम बुबाआमाको सम्झनामा जेहेन्दार बिद्यार्थीका लागि अक्षय कोष स्थापनका लागि सहयोग गरेका ओझाले बताए । उनले आफ्ना स्वर्गिय माता गोमती देवि ओझा र स्वर्गिय पिता भिमदत्त ओझाको स्मृतिको सम्झनामा अक्षय कोष सञ्चालन गरिरहेको बताएका छन् । मंगलवार मात्रै ओझाले एक कार्यक्रममा कैलालीको चुरे गाउँपालिकाको वडा नम्बर ५ खाँनडाँडा रहेका शुक्र माध्यामिक बिद्यालयमा एक लाख एक हजारको अक्षय कोष स्थापनाका लागि सहयोग गरेका छन् ।