धनगढी–खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्मचारी यूनियनको १२ औं महाधिवेशनबाट देवेन्द्र राई अध्यक्षमा निर्वाचित भएका छन् । पुस ७ र ८ गते लुम्बिनी प्रदेशको भैरहवामा सम्पन्न महाअधिवेशनले राईको अध्यक्षतामा २७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको हो ।
यस्तै वरिष्ठ उपाध्यक्षमा रमेशप्रसाद पन्त, महिला उपाध्यक्ष सुशीलाकुमारी बराल, उपाध्यक्ष दीपककुमार साह, उपाध्यक्ष गणेश उप्रेती, उपाध्यक्ष शिव सुनार, महासचिव तेजबहादुर देउवा, सचिव चेतमान कठायत, सचिव शिव बस्याल, कोषाध्यक्ष भेषबहादुर राउत, सह–कोषाध्यक्ष रंगीलाकुमारी साह, सदस्यहरुमा अनन्तराज पौडेल, ताराप्रसाद पाण्डे, वासुदेव रिजाल, कमला द्वारे, दिलिप कुमार, जलान्धरप्रसाद यादव, चन्द्रबहादुर खड्का, राजेन्द्रसिंह तामाङ, चुना भण्डारी, भीम बुढा, प्रदेश नं १ नरेन्द्रकुमार शर्मा, मधेस प्रदेश सरोजकुमार यादव, वाग्मती प्रदेश सुशीला घिमिरे, गण्डकी प्रदेश जंगबहादुर गुरुङ, लुम्बिनी प्रदेश कमानसिंह राना, कर्णाली प्रदेश निर्मल बिष्ट र सुदूरपश्चिम प्रदेश कल्पना बिष्ट रहेका छन् ।