धनगढी, १० पुस/कैलाली मुद्रण उद्योग संघको अध्यक्ष शैलेन्द्र श्रेष्ठ पुन निर्वाचित भएका छन् । कैलाली मुद्रण उद्योग संघको शनिबार भएको जिल्ला अधिबेशनबाट अध्यक्षमा शैलेन्द्र श्रेष्ठ र लक्ष्मण खडायत बिच भएको निर्वाचनमा शैलेन्द्र श्रेष्ठ पुन निर्वाचित भएका छन् ।
अन्तिम मतपरिणम शैलेन्द्र श्रेष्ठले १२ मत, लक्ष्मण खडायत ७ मत र एक मत बदर भएको थियो । समितिको अन्य पदाधिकारी र सदस्य भने सर्बसम्मत भएका हुन् ।
समितिको उपाध्यक्ष सुरवली चौधरी थारू, सचिव धर्मसिंह साउँद, कोषाध्यक्ष भोजराज जोशी र सह–सचिव धनकुमार जोशी सर्बसम्मत चयन भएका हुन् । समितिको सदस्यमा भुवनेश्वरीदेवी भण्डारी, मुकेश ठाकुर, जोधिराम चौधरी, शुलभ शाह, साँधुराम चौधरी र यज्ञबहादुर. चौधरी चयन भएका छन् ।
