धनगढी, ६ पुस/कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १९ फुलवारीस्थित एक सहकारीमा चोरी भएको छ ।मंगलबार राती सुर्मा साईपाल ऋण तथा बचत सहकारीको फूलवारी शाखामा चोरी भएको हो । सहकारीको सटरको ताल्चा तोडेर अज्ञात समुहले नगद चोरी गरेको सहकारीका शाखा सञ्चालक कुम्भ गिरीले जानकारी दिए ।
‘लकरमा राखिएको एक लाख ९७ हजार ६ सय ४८ रकम चोरी भएको छ’ उनले भने (‘सटर फोडेर एक व्यक्ति भित्र छिरेको छ भने एक जना बाहिर मोटरसाईकलमा रोकिएको सिसिटिभी फुटेजमा देखिएको छ ।’ उनले सटर फोडेपछि विद्युत बन्द गरिएको बताए । ‘चोरी गर्ने व्यक्ति मास्क लगाएर भित्र छिरेको हुँदा पहिचान हुन सकेको छैन’ उनले भने (‘ चोरी गर्ने व्यक्तिको खोजतलासीका लागि प्रहरीमा जाहेरी दिएका छौं ।’
इलाका प्रहरी कार्यालय बहुलियाका इन्चार्ज रमेश शाहीले चोरी गर्ने मान्छेको खोजी कार्य भईरहेको बताए । उनले भने (‘मास्क लगाएर भित्र छिरेको देखिएको छ । त्यसपछिको कुनै नहुँदा पहिचान गर्ने काम तिव्र बनाइएको छ ।’
