पुष ४, धनगढी/ कैलालीमा टिभिएसको एनओजी राइड सम्पन्न भएको छ। टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले कैलालीमा एनओजी (एन्टर्क ओनर्स गुरुप) राइड सम्पन्न गरेको हो।
टिभिएसको धनगढीस्थित सोरुम बागेश्वरी अटोमोटिभ्सबाट सुरू गरिएको राइड अत्तरियाको बागेश्वरी मल्टिमोटर्स हुँदै गोदावरीको सालिनी बाटिका रिसोर्टमा पुगेर सम्पन्न भएको थियो। उक्त राइडमा विभिन्न सडक सुरक्षाको जानकारीका साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाका बारेमा जानकारी दिइएको थियो।
त्यसक्रममा सहभागीहरुबीच एकतामुलक विभिन्न गेमहरु खेलाइनुका साथै विभिन्न मनोरन्जनात्मक र अन्तरक्रियात्मक कार्यक्रमहरु पनि गरिएको थियो। राइडमा टिभिएस एन्टर्कका ३० जना महिला राइडर सहित ४० जनाटिभिएस एन्टर्कका राइडरहरुबीच आत्मीयता बढाउन तथा ग्राहक र कम्पनीबीचको सम्बन्ध थप प्रगाढ बनाउन राइड सफल भएको जगदम्बा मोटर्सकी मार्केटिंग म्यानेजर करुणा पुडासैनीले बताइन्। जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो।
कम्पनीको नेपालभर १३२ भन्दा बढी डिलरहरुको वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो ग्राहकहरूमा उच्च स्थान जमाउन सफल भएको छ।