धनगढी/मंसिर २२ गते देखी पुष २ गते सम्म सञ्चालन भैरहेको सुदुरपश्चिम महोत्सवको अवधी ३ दिन थप भएको छ। धनगढी १ पशुपती टोलमा सञ्चालन भैरहेको सुदुरपश्चिम महोत्सवमा दर्शकहरुको सहभागिता बढेको र माग अनुसार महोत्सवको अवधी ३ दिन थप भएको आयोजकले जनाएको छ। अब महोत्सब पुष ५ गते सम्म सञ्चालन हुने जनाइएको छ।
कैलाली उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सव सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कलासंस्कृति र व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले २०६३ सालदेखि हरेक वर्ष गरिँदै आएको छ। महोत्सवमा सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीहरुलाई ५० प्रतिशत छुटमा टिकटको व्यवस्था गरिएको छ ।