धनगढी, बैंकले व्यवसायलाई मार पर्ने गरि ल्याईएको नीतिविरुद्ध धनगढीमा विभिन्न विरोधका कार्यक्रम भएका छन् । सुदूरपश्चिम अटोमोबाईल्स डिलर्स एशोसियसन (साडा) र नाडा अटोमोबाईल्स डिलर्स एशोसियसनले आईतबार विरोधका कार्यक्रम गरेको हो ।
ऋणको ब्याजदरमा भएको बृद्धी, चालू पुँजीकर्जा मार्ग निर्देशन २०७९ र बैंक नीति नियमको बिरुद्ध नेपाल राष्ट्र बैंकका निर्देशक मार्फÞत नेपाल रास्ट्र बैंकका गभर्नरलाई ज्ञापन पत्र पेश गरिएको छ भने प्रदेश मुख्यमन्त्री कार्यालय अगाडि धर्ना कार्यक्रम गरिएको छ ।
साडा का प्रदेश अध्यक्ष तथा नाडा अटोमोबाईल्स डीलर्स एसोसियसन नेपालका केन्द्रीय सदस्य पुस्कर ओझाले ज्ञापन पत्र रास्ट्र बैंक धनगढ़ीका निर्देशक बिनोद राज लेखकलाई बुझाएका थिए । राष्ट्र बैंक धनगढ़ीका निर्देशक बिनोद राज लेखकले आफु मागहरुप्रति गम्भीर रहेको र बैंकका गभर्नर महा प्रसाद अधिकारीको ध्यानाकर्षण गराउने प्रतिक्रिया दिए ।
मुख्यमन्त्री कार्यालय अगाडि गरिएको धर्ना कार्यक्रममा साडा तथा नाडाका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरु लगायत सहभागिता रहेको थियो ।
