धनगढी, २२ मंसिर/सानीमा लाईफ ईन्सुरेन्सले आफ्नो पाँचौ बार्षिक उत्सवको अबसरमा सुदूरपश्चिम क्षेत्रिय कार्यालयले आमाको माया छात्रबासमा लत्ताकपडा, स्टेशनरी र खाद्यान्न सामाग्री सहयोग गरेको छ । बार्षिक उत्सवको अबसरमा बालवालिका साथमा केक काटेर उनीहरुले मनाएका हुन् ।
सानीमा लाईफ ईन्सुरेन्स सुदूरपश्चिम क्षेत्रिय कार्यालय धनगढीका प्रदेश प्रमुख गणेशप्रशाद उप्रेतीको संयोजकत्वमा बुधबार एक कार्यक्रमको आयोजना गरी आमाको माया छात्रबासमा चिसोका कपडा, कम्बल खाद्यान्न र स्टेशनरी बालवालिकाहरुलाई हतन्तरण गरीको सानीमा सानीमा लाईफ ईन्सुरेन्सका एरिया म्यानेजर हेमन्त सिहले जानकारी दिए ।
कार्यक्रममा सानीमा लाईफ ईन्सुरेन्सका कर्मचारीहरु बिद्या सिह, परमधन रानाको सहभागिता रहेको थियो । बार्षिकउत्सवमा एजेन्सी म्यानेजर त्रैलोक्यानाथ पाण्डेय, दिपेन्द्रप्रसाद श्रेष्ठ, हेमराज जोशी, बसन्ती बोहरा, कमल राना, शंकर चौधरी, दयाराम राना, उर्मीला धामी, रामचन्द्र चौधरी, भारथी कुमारी सिह, अनिता तामाङ र प्रशान्त चौधरी लगाएतका सहभागिता रहेको थियो । सानीमा लाईफ ईन्सुरेन्सले हरेका बर्ष आफ्नो बार्षिक उत्सवामा सामाजिक कार्यक्रम गर्दै आएको छ । कम्पनीले बिभिन्न प्रकारका बिमा गर्दै आएको छ ।