धनगढी १७ मंसिर/सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मणकुमार स्वार विजयी भएका छन्। महासंघको १६औ वार्षिक साधारणसभा तथा ८ औं अधिवेशनमाबाट स्वार प्रदेश अध्यक्षमा विजयी भएका हुन्।तीनवर्षे कार्यकालका लागि उनी हरि प्रसाद भट्टलाई एक सय नौ मतले पराजित गर्दै विजयी भएका हुन्। स्वारले २१५ मत ल्याएका थिए भने भट्टले १०६ मत पाए।
संघको वरिष्ठ उपाध्यक्षमा कमलेश कुमार कपाडी विजयी भएका छन्। कपाडीले गंगा बहादुर शाहलाई पराजित गरेका हुन्। कपाडीले १९२ मत प्राप्त गर्दा शाहले १२० मत पाए। त्यस्तै उपाध्यक्षमा लक्ष्मणबहादुर साउँद २३२ र मदन मोहन बिष्ट १२१ मत प्राप्त गरि विजयी भएका छन्। उपाध्यक्षका प्रत्यासीद्वय रघुवीर सिँह साउँदले ११२ र रमेश सिंह खडायतले ८६ मत पाए। संघको महासचिवमा खेमराज जोशी २०२ मत प्राप्त गरि विजयी भएका छन। महासचिवका प्रत्यासी चन्द्र बहादुर शाहले ११२ मत पाए।
नितिगत उप–महासचिवमा आङदावा शेर्पा विजयी भए। सेर्पाले २०२ मत पाए भने यज्ञराज जोशीले ११५ मत पाए। संघको आन्तरिक उप–महासचिवमा राजेश गिरी विजयी भएका छन। गिरीले दर्शन बहादुर खड्कालाई ५३ मतले पराजित गरेका हुन्। गिरीले १८२ मत ल्याउदा खड्काले १२९ मत पाए।
सदस्यहरुमा ललित बहादुर बोहरा ९२२१०, शुनिल कुवंर ९१९००, केशव राज भट्ट ९१८९०, पदम बहादुर भण्डारी ९१७७० र आशिष कुमार खत्री ९१६६० मतका साथ विजयी भए। यस अधि, संघको साधारणसभाबाट ८ जना निर्विरोध चयन भएका थिए। कोषाध्यक्षमा निर्मल कुमार देउवा र सह–कोषाध्यक्षमा गणेश बहादुर खड्का निर्विरोध चयन भएका हुन्। त्यस्तै, महिला सदस्यमा बिमला देवी श्रेष्ठ र शक्ति पन्त समेत निर्विरोध चयन भए।
माधव प्रसाद चौधरी, दाउत तामङ, तुला बहादुर राना र गोरे सिंह ऐरसमेत निर्विरोध चयन भएका निर्वाचन अधिकृत वीर बहादुर जेठाराले बताए। संघको ३४३ सदस्य मध्ये ३२६ जनाले मतदान गरेका थिए।