धनगढी, ११ मंसिर/सुदूरपश्चिम महोत्सव २०७९को उद्घाटन गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई निमन्त्रणा गरिएको छ ।
कैलाली उद्योग बाणिज्य संघले केन्द्र सरकारले बजेटमा पनि विभेद गर्ने र सुदूरपश्चिमको उपेक्षा गरेको भन्दै आर्थिक आन्दोलनका रूपमा २०६३ सालदेखि प्रत्येक वर्ष धनगढीमा महोत्सव हुँदै आएको छ ।
महोत्सव उद्घाटन गर्न प्रधामन्त्री देउवालाई कैलाली उद्योग बाणिज्य संघको टोली निमन्त्रणा दिएको छ । अध्यक्ष पुष्पराज कुँवर, बरिष्ठ उपाध्क्ष पुष्करराज ओझा र कोषाध्यक्ष भिमराज ओझाले संयुक्त रुपमा प्रधानमन्त्री देउवा संग निमन्त्रणा दिएका छन् ।\
‘प्रधानमन्त्री देउवा सुदूरपश्चिम महोत्सव प्रति सधै सकारात्मक छन्’ कैलाली उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्क्ष पुष्करराज ओझा भने–‘देउवा महोत्सव उद्घाटन गर्न समय मिलाउने भनेका छन् ।’ संघले मंसिर २२ गते देखी पौष २ गतेसम्म आयोजना गर्न लागेको सुदूरपश्चिम प्रादेशिक महोत्सब उद्घाटनका लागि निमन्त्रणा दिएको हो ।