सरस्वती साफरी
धनगढी, ७ मंसिर/कैलाली उद्योग बाणिज्य संघले धनगढीमा आयोजना गर्ने सुदूरपश्चिम महोत्सव २०७९मा धनगढीको सडक विस्तारका पिडित व्यापारीलाई स्टल बुकिङ र फर्म नविकरणमा छुट दिने भएको छ ।
बुधबार कैलाली उद्योग बाणिज्य संघ कार्यसमितिको मासिक बैठकले धनगढी बजारको कैलाली पुल देखि क्याम्पस रोड सम्म सडक बिस्तारमा क्षती पुगेका संघको नविकरण सहितको सदस्यतालाई स्टल भाडामा ५० प्रतिशत छुट गर्ने निर्णय भएको कैलाली उधोग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले जानकारी दिएका छन् । त्यस्तै उद्योग बाणिज्य संघको सदस्यता नभएकालाई संघको सदस्यता दिलाइ २५ प्रतिशत छुट दिने बताईएको छ ।
धनगढी बजारको सडक विस्तारमा क्रममा धेरै व्यासायीको क्षती पुगेका कारण व्यापारीहरुलाई केही रात होस् भन्ने उदेश्यले स्टल बुकिंङमा विशेष छुट दिएको छ बरिष्ठ उपाध्यक्ष ओझाले बताए । ओझाका अनुसार कैलाली पुल देखि क्याम्पस रोड सम्म सडक बिस्तारमा क्षती पुगेका व्यापारीलाई विशेष छुट दिने भएको हो । सुदूरपश्चिम महोत्सव यहि मंसिर २२ गते देखि पुष २ गते सम्म सञ्चालन हुने भएको छ ।