• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

अनुहारमा चाउरी: बुढ्यौलीले कि खानपानले ?

काठमाडौँ, २२ कात्तिक । जब अनुहारको छालामा धर्साहरु देखापर्न थाल्छ, मन झस्किन्छ । ‘कसरी चाउरी देखियो रु के अब मेरो उमेर ढल्किन थालेको हो ?’

स्वभाविक हो, उमेर ढल्किंदै गएपछि अनुहारको छाला मुजा पर्न थाल्छ । यद्यपि उमेर नपुग्दै पनि अनुहारमा यस्तो संकेत देखा पर्न थालेको छ । के कारणले अनुहार चाउरी पर्छ रु यसबाट कसरी छुटकारा पाउने ?

चाउरीपनको चिन्ता

अनुहारमा चाउरी आउनुको मुख्य कारण उमेर ढल्किंदै गएपछि आउने बुढ्यौली र घामको परावैजनी किरण हो । साथै चिन्ता र खानपानले हाम्रो शरीरको सबै अंगमा जस्तै छालामा पनि असर गर्छ र अनुहारमा चाउरीपनको समस्या आउँछ ।

अनुहारको भावले गर्दा पनि चाउरीपनको समस्या निम्ताउन सक्छ । कसैको निधार र आँखा खुम्चाउने बानी हुन्छ । यस्तो खुम्चाउने बानी परेकामा पनि चाउरी आउन सक्छ ।

चाउरीपनको चरण

यही उमेरदेखि चाउरी पर्न थाल्छ भनेर ठ्याक्कै भन्न सकिंदैन । पहिले चाउरीपनलाई बुढेसकालको संकेत भनिन्थ्यो । तर अहिले ३० वर्षकै उमेरमा समेत अनुहारमा चाउरी देखिन थालेको छ । घाममा काम गर्ने व्यक्तिमा सानै उमेरमा पनि चाउरीपनको समस्या देखिन सक्छ । वंशाणुगत कारणले पनि चाउरी पर्ने उमेर निर्धारण गर्छ । त्यसैले ठ्याक्कै कति उमेरदेखि चाउरी पर्न थाल्छ भनेर निर्धारण गर्न मिल्दैन । तर सामान्यतया ४० वर्षको उमेरपछि चाउरी आउन थाल्छ ।

उमेरसँगै छालाको विभिन्न किसिमका तन्तुहरू मासिंदै जान्छन् । छालाको भित्री तहमा रहेको बोसोको तह पनि सुक्दै जान्छ । छालाको तल्लो तहमा ‘कोलाजेन’ र ‘इलास्टिन’ भन्ने तत्त्व हुन्छ । यी तत्त्वले छालालाई तन्किन सहयोग गर्छ । उमेरसँगै त्यो पनि घट्दै जान्छ, जसले गर्दा उमेर ढल्किंदै गएपछि अनुहारमा चाउरी देखापर्छ ।

खानपान एक कारण

खानपान पनि छालामा आउने विभिन्न समस्यामध्ये एउटा कारक हो । खानपानको असन्तुलन वा अपुगले पनि चाउरीपन देखिन सक्छ । धुम्रपानले त चाउरीपनको समस्या ल्याउनमा ठूलो भूमिका खेल्छ । चुरोटमा भएको टक्सिनले चाउरीपनको समस्या देखिन्छ ।

छालामा हुने एन्टिअक्सिडेन्टले छालालाई पुन निर्माण गर्ने काम गर्छ । एन्टिअक्सिडेन्ट हामीले खानाको माध्यमबाट प्राप्त गर्ने भएकाले सन्तुलित खानपानको अपुगले पनि चाउरी पर्ने हुन्छ ।

खानामा हुने एन्टिअक्सिडेन्टले हाम्रो छालाको पुनर्निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्छ । खानामा पाइने ‘भिटामिन ए’, ‘भिटामिन सी’ र मिनरल्स लगायतका कुराको कमी भयो भने कोलाजेन र इलास्ट्रिन बन्न पाउँदैन र छालामा चाउरी देखा पर्न सक्छ ।

तनावको छाया

चिन्ता र तनाव जस्ता मानसिक विकारले सिधै छाला चाउरिने समस्या त देखा पर्दैन । तर तनाव लिएर निधार खुम्चाउने, आँखा खुम्चाउनेमा त्यो भाग चाउरी पर्छ । तनावले विभिन्न स्वास्थ्य समस्या निम्ताएर त्यसको असर छालामा पनि देखिन सक्छ ।

कमसल कस्मेटिकको जोखिम

कस्मेटिक वा मेकअपको कारणले नै चाउरी पर्ने भन्ने जोखिम हुँदैन । तर कस्मेटिक र मेकअप कमसल प्रयोग ग¥यो भने छालाको विभिन्न समस्यासँगै चाउरीपनको जोखिम पनि हुन्छ ।

स्टेरोइड प्रयोग भएका छालालाई असर गर्ने कस्मेटिकको प्रयोगले त छालालाई नै बिगार्न सक्छ । चिकित्सकको सल्लाह बिना कुनै पनि औषधिको पनि प्रयोग गर्नु हुँदैन । किनकि सबैलाई एकै प्रकारको कस्मेटिक र औषधि फाइदाजनक नहुन सक्छ ।

मेकअपको भरथेग

मेकअपले चाउरीपन हटाउँदैन । तर सनस्क्रिन र राम्रो गुणस्तरको क्रिमको प्रयोग गर्दा चाउरीपनको जोखिम भने कम हुन्छ । मेकअपले चाउरीपन हटाउने भन्दा पनि ढाकछोप गर्न भने सहयोग गर्छ ।

चाउरीपन अस्थायी रूपमा हटाउने, छोप्ने विभिन्न किसिमका प्रविधि मेडिकल साइन्सले भित्र्याएको छ । अस्थायी रूपमा चाउरीपन हटाउन ‘भिटामिन ए’बाट बनेका केही औषधिको प्रयोग, पिलिङ, बोटक्स र फिलर्स जस्ता उपाय अपनाउन सकिन्छ ।

प्रदूषणले छालामा असर

प्रदूषणले पनि छालामा प्रत्यक्ष असर गर्छ । प्रदूषणका कारण ठोस, तरल र ग्यासरूपी रासायनिक र सूक्ष्म कणहरूले छालामा बहुआयामिक हानि गर्छन् । विकारयुक्त रासायनिक पदार्थहरू छालाका पत्रभित्र पस्छन् र चाउरीपन लगायतका समस्या निम्त्याउँछ ।

वातावरण प्रदूषणले वजन तहलाई प्वाल पार्छ र सूर्यको पराबैजनी किरण पृथ्वीमा धेरै आउँछ र मानिसको छालामा असर गर्छ । यसरी दुईवटा माध्यमबाट प्रदूषणले छालामा समस्या निम्त्याउँछ ।

कसरी रोक्ने चाउरीपन ?

उमेर बढेसँगै चाउरी पर्ने भएकाले यसलाई स्थायी रूपमा हटाउन त सकिंदैन । तर उमेर भन्दा पहिले देखा पर्ने चाउरीपनलाई रोक्न भने केही कुरामा ध्यान दिन सकिन्छ ।

चाउरीपनबाट जोगाउन छालालाई घामको परावैजनी किरणबाट जोगाउन एसपीएफ ३० भन्दा माथिको सनस्क्रिन लगाउने, छाता ओढ्ने, चस्मा लगाउने, क्याप लगाउने र पूरा बाहुला लुगा लगाउनुपर्छ ।

निधार खुम्चाउने, आँखा खुम्चाउने जस्ता अनुहारको भाव बिगार्ने काम नगर्ने । सन्तुलित खाना खाने, प्रशस्त मात्रामा पानी पिउने र तनाव कम लिने गर्दा पनि चाउरीपनको समस्या कम हुन्छ ।

घरेलु काइदा

चाउरीपन घटाउने घरेलु विधि यो नै हो भन्ने ठ्याक्कै केही छैन । दूधमा, चिनीमा पिलिङ गुण हुन्छ । पहिले मान्छेले दूधले नुहाउने गर्थे, दूधले पिलिङ गर्ने भएकोले छिटो चाउरीपन पर्ने समस्या नदेखिएको हुनसक्छ । तर सबैलाई एउटै कुराले फाइदा गर्छ भन्ने हुँदैन । सबै व्यक्तिको छालाको प्रकार फरक–फरक हुन्छ । त्यसैले चाउरीपन घटाउन घरेलु विधि अपनाउनु भन्दा पनि चाउरी पर्न नदिनु राम्रो हो ।

 

मङ्गलबार, कार्तिक २२, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.