काठमाडौं, २१ कात्तिक । प्रदेश लोक सेवा आयोग वाग्मती प्रदेशले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।
वाग्मती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवातर्फका नवौँ तहका पदहरूमा आवेदन आह्वान गरिएको हो ।
जेष्ठता र कार्य सम्पादनको मूल्यांकाद्वारा हुने बढुवा, कार्यक्षमताको मूल्यांकन, आन्तरिक अन्तर सेवा, अन्तर तह र खुलातर्फका लागि दरखास्त आह्वान गरिएको हो ।

