धनगढी, २० असोज/दशैका दिन कञ्चनपुर मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पुनर्वास नगरपालिका ११ अमरबस्तीमा से ७ प ४७६५ नम्बरको मोटर साइकल बिजुलीको पोलसँग ठोक्किँदा दुर्घटनामा परेको हो ।
पुनर्वास नगरपालिका ९ बाट डोकेबजार जानेक्रममा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरका २३ वर्षीय गुड्डु राना र पछाडी सवार पुनर्वास १० का २२ बर्षीय विशाल रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका कार्यालय प्रमुख प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए ।