धनगढी, १० असोज/कैलालीको अत्तरिया बजारमा सुटवारी सञ्चालनमा आएको छ । गोदावरी नगरपालिका – २ निवासी व्यवसायी अनुप जैरुले करिब ४० लाखको लगानीमा सुटवारी सटिङ्ग एण्ड सुटिङ्ग व्यवसाय सञ्चालनमा ल्याएका हुन । विगतदेखी नै सुट तथा कोट सम्बन्धी व्यवसाय सञ्चालन गर्दै आएका उनले ग्राहकहरुलाई आवश्यकता अनुसारका सुट तथा कोटहरु प्रदान गर्ने उद्देश्यले सुटवारी सञ्चालनमा ल्याएको बताए ।
उनले सुटवारीमा अन्र्तराष्ट्रिय स्तरका सम्पुर्ण ब्राण्डका कपडाहरु रहेको बताए । उनले अत्तरियामै नयाँ तरिकाले ग्राहकहरुले खोजेअनुसारका सुटका कपडाहरु प्रदान गर्ने लक्ष्यका साथ सुटवारी सुरु गरेको बताए ।उनका अनुसार सुटवारीमा कोट, पाईन्ट, सर्ट, निजामती ड्रेस, स्कुल ड्रेस, संघंसंस्थाका ड्रेसका साथै चाडपर्वमा लगाईने विभिन्न लुगाकपडाहरु, विवाह ड्रेस, कुर्ता पाईजामा, रेडिमेड सर्ट तथा कोटहरु पाईनेछन । उनले सुटवारी मार्फत उपयुक्त मुल्यमा गुणस्तरिय लुगाकपडाहरु प्रदान गरिने बताए ।
गोदावरी नगरपालिका – २ लोटसगल्लीमा रहेको उक्त पसलको सोमबार अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले उद्घाटन गरेका थिए ।