धनगढी १० असोज/सशस्त्र प्रहरीले कैलालीको नेपाल भारत नाकाबाट भन्सार छलि ल्याएका सामग्री सहित जिप बरामद गरेको छ ।सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण कैलालीबाट खटिएको गस्ति टोलिले कैलालीका बिभिन्न सिमानकाबाट भन्सार छलि नेपाल भित्राई राखेका १८ लाख बराबरको सामग्री बरमद गरी जिल्ला भन्सार कार्यालय कैलाली बुझाएको छ ।
सिमा नाकाबाट अबैध रुपमा भन्सार छलि ल्याएका किराना सामग्री, कम्प्युटर पार्टस, लेडिज कपडाहरु र बोलेरो जिप सहित बरामद गरिएको भन्सार बझाएको सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण कैलालीका प्रमुख प्रहरी उपरिक्षक धनबहादुर सिहले जानकारी दिए ।