धनगढी, ६ असोज/कैलालको गौरीगंगा नगरपालिका–५ मा श्रीमान्ले श्रीमतीको हत्या गरी फरार भएका छन् । रोजगारीको शिलशिलामा भारत रहेका श्रीमान्ले फर्केकै केही दिनमै श्रीमती संग बादबिवाद भई हत्या गरी फरार रहेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।
३२ बर्षिया ललिताको नम्जालीले उनकै श्रीमान् ३४ वर्षीया श्रीमान शेरबहादुर नामजाली मगरले गरेको खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता नायव उपरिक्षक बेदप्रकाश जोशीले जानकारी दिए । मृतक ललिता संगै उनकी १७ वर्षाया छोरी गम्भीर घाइते छन् ।
ललिताको बुधबार राती हत्या बिहीबार बिहान हत्या गरेको अवस्थामा भेटिएको प्रहरीले पुष्टि गरे छ ।
धारिलो हतियार प्रहारबाट १७ बर्षीय छोरीलाई धारिलो हतियार प्रहार गरेर घाइते भएको बताईएको छ । छोरा वर्षका १२ को बिजय नाम्जाली मगरको सामान्य चोट छ । उनको घाँटीमा धारिलो हतियार प्रहार गरिएको बताउदै अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।रोजगारीका सिलसिलामा भारतमा रहेका शेरबहादुर बुधबार मात्र घर फर्किएको बुझिएको बताउँदै उनले घटनापछि फरार भएकाले खोजी भइरहेको जानकारी दिए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।