धनगढी, ५ असोज/चैतन्यले धनगढीमा लोकसेवा तयारीका लागि एक दिने निशुल्क अभिमुखिकरण एवं उत्प्रेरणा कक्षा संचालन गर्ने भएको छ । काठमाण्डौ संखमुलमा रहेको चैतन्यले धनगढीमा पनि आफ्नो सेवा बिस्तार गर्ने तयारीकै क्रममा धनगढीमा पनि एक दिने कार्यशालाको आयोजन गर्न लागिएको चैतन्यका संचालक गणेशप्रशाद जोशीले जानकारी दिए ।
लोकसेवाको तायारीमा बसेका युवाहरुलाई असोज ८ गते शनिवार शिबनगरमा एक दिने निशुल्क अभिमुखिकरण एवं उत्प्रेरणा कक्षा संचालन गर्ने बताईएको छ । विज्ञ प्रशिक्षक नेपाल सरकारका सहसचिव देवराज जोशीबाट अभिमुखिकरण गराईने चैतन्यले जनाएको छ ।
