धनगढी, २८ भदौ । कैलालीको धनगढी उपमहानगरपालिका–१८ बस्ने एक व्यक्तिको घरबाट स्रोत नखुलेको रकम भेटिएको छ। सोही वडाको फूलबारी क्षेत्रका ३२ वर्षीय हिरा विकको घरमा भारतीय ८ लाख रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उक्त रकम भारतबाट चोरी गरि ल्याइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनले घरको गहुँ राख्ने भकारीभित्र ८ लाख लुकाएर राखिएको अवस्थामा फेला परेको कैलाली प्रहरीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।
विकलाई पक्राउ गरिएको उनले बताए।उनी केहीदिन अघि भारतको मुम्बईबाट नेपाल फर्किको बताइएको छ।
