धनगढी, १६ भाद्र/कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७मा तिज मनाईरहेका घरमा खयरको रुख ढल्ल्दा ६ जना घाईते भएका छन् ।
महिलाहरु तिजको अबसरमा रमाईलो गरिरहदाको समयमा एक्कासी घरमा रूख खसेको थियो ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहका अनुसार स्थानीय दिपक बिष्टको घरमा तीज मनाउने क्रममा खयरको रुख घरमा खस्दा हाँगाले लागेर घाईते भएको बताएको छ ।
घाइते हुनेमा १८ वर्षीय लक्ष्मी धानुक, १९ वर्षीय लक्ष्मी भण्डारी, ५० वर्षीय मैना पार्की, ३० वर्षीय कमला जोशी, १५ वर्षीय खगेन्द्र धामी र ४५ वर्षीय य लीलाधर भट्ट रहेका छन् । घाइतेमध्ये लक्ष्मी धानुक र लक्ष्मी भण्डारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते छ जनाको झलारीस्थित निजी अस्पतालमा उपचार भइरहेको छ ।
