धनगढी, १४ भदौ । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानी बजार बाट १० जना जुवाडे पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय सुखड बाट खटिएको प्रहरीले सोमबार राती साडेपानी बजारको एक होटेलमा जुवा खेलि रहेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले खान तलासी गर्दा ८८ हजार नगद, ६ वटा मोटरसाइकल बरामद गरेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) लक्ष्मण बहादुर शाहीले बताए ।
पक्राउ परेका जुवाडेहरू साडेपानी, बौनिया, लम्की र बर्दियाका रहेको बताईएको छ । उनीहरूमाथि म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।