काठमाडौं, १२ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई गालिगलौज गरेको आरोपमा एक जना पक्राउ परेका छन्। ती जोगी भेषमा रहेका पुरुषलाई साहको सिनामंगल, गैरीगाउँस्थित निवास बाहिरबाट पक्राउ गरिएको बताइएको छ ।
उनले मेयर बालेन साहलाई अपशब्द प्रयोग गरिरहेको अवस्थामा प्रहरीले हिजो राति ९ बजेको समयमा नियन्त्रणमा लिएको हो । उनलाई गौशालास्थित प्रहरी वृत्तमा पुर्याएर थप अनुसन्धान थालिएको जानकारी दिइएको छ ।
