धनगढी, ११ भदौ । कैलाली स्थित धनगढीमा रहेको सारथी अस्पतालमा पहिलो पटक क्यान्सर र मुटू रोगीका विरामीको उपचार हुने भएको छ । क्यान्सर अस्पताल नेपालगन्जका विशेषज्ञ डा.साजन थापा चेकजाच गर्ने भएका छन् ।
यही भदौ ३१ गते शुक्रवारका दिन विहान ८ बजे देखि चेकजाच सुरु हुने भएको छ । साथै रगतको सामान्य रोग देखि क्यान्सर सम्म र अन्य रोगहरुको उपचार हुने भएको छ ।
शुदृरपश्चिमा क्यान्सर,मुटु रोग सम्बन्धि उपचार नभएर यहाका मानिस उपचारका लागि बाहिर जानुपर्ने समस्या देखिएका कारण धनगढीमा नै सेवा दिनसके सहज हुने सारथी अस्पतालका प्रबन्ध निर्देशक बेदप्रशाद जोशीले जानकारी दिए ।
विशेषज्ञ डाक्टरबाट मुटु सम्बन्धीका सम्पुण रोगहरुको उपचार हने भएकोले नाम दर्ता कार्य सुरु भईसकेको प्रबन्ध निर्देशक जोशीले जानकारी दिएका छन् ।
