काठमाडौँ, १० भदौ । भोजपुरका एक व्यक्तिले सासूलाई खुकुरी हानेपश्चात् आत्महत्या गरेका छन्।प्रहरीका अनुसार भोजपुरको सानोदुम्बा–५ घर भई धरान–१३ बस्ने ४१ वर्षीय रामबहादुर रम्तेलले सासूलाई खुकुरी हानेपछि त्यही खुकुरीले आफ्नो घाँटी काटेका हुन्।
बिहीबार बेलुका रम्तेलले ७१ वर्षीय सासु नरमाया भुजेललाई अचानक टाउकोमा खुकुरी प्रहार गरी घाइते बनाएको र त्यसपछि आफैंले आफ्नो घाँटीमा खुकुरी हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ।
खबर पाउनासाथ इलाका प्रहरी कार्यालय ९धरान० बाट गएको प्रहरी टोलीले घाइतेलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ भने घटना र मृतकको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।