धनगढी, १ भाद्र । दार्चुलाको गोकुलेश्वरबाट सदरमुकाम खलंगा जादै गरेको से १ ज ५५१ नम्बरको जीप दुर्घटना हुदा पाँच जनाको मृत्यु भएको छ ।
दार्चुलाको शैल्यशिखर– ६ मा पर्ने उल्लानीमा जीप दुर्घटना हुँदा ५ जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रतिक बिष्टले जानकारी दिए । अन्य नौ जना घाईते भएका छन्।
मालिकार्जुन मन्दिर जाने गेटबाट १ किलोमिटर गोकुलेश्वर तर्फको क्षेत्रमा जीप दुर्घटना भएको बताईएको छ । जीप दुर्घटनामा परी ४ जना पुरुष तथा १ जना महिलाको घट स्थलमै मृत्यु प्रहरीले जनाएको छ । मृतक र घाईतेको सनाखत हुन सकेको छैन ।
घट स्थल घाईतेको उद्धारका लागि मालिकार्जुन प्रहरी चौकीबाट प्रहरी र स्थानियहरु खटिएका छन्। घाइते सबै जनालाई घट स्थलबाट उद्दार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको छ ।