धनगढी,३० साउन/ धनगढी उपमहानगरपालिका १९ नम्बर वडाका सार्बजनिक स्थलमा फ्री बाईफाई सेबा बिस्तार गरेको छ ।
वडा भित्रका सम्पूर्ण स्थानीय तथा बाहिरबाट आउनेहरूका लागि इन्टरनेटको पहुँच बढाउन वडा कार्यालयबाट बजेट विनियोजन गरी सेवा विस्तार गरिएको हो । घर परिवारका सदस्य बिदेशमा हुदा उनिहरुको कुरा गर्न महँगो शुल्क तिरेर कुरा गर्नु पर्ने बाध्यताको अन्त्य भएको वडा नम्बर १९ का कार्यबाहक वडा अध्यक्ष हरेन्द्र ऐडीले बताए । उनले भने, ुबैदेशिक रोजगारीमा बाहिर गएकाहरुलाई घरसँग जोड्न र ग्रामिण क्षेत्रका बिद्यार्थीलाई इन्टरनेटबाट खोजेर पढ्ने बातावरण बनाउन यसले मद्धत गर्छ ।ु साथै यस क्षेत्रका विद्यार्थीहरुको पढाईमा समेत सहयोग पुग्ने अपेक्षा रहेको उनको भनाई छ ।
ग्रामिण क्षेत्रमा निशुल्क इन्टरनेट जडान गरेकाले सबै गाउँलेहरु खुसी भएको स्थानीय पार्वती ओलीले बताइन् । उनि गाउँमा निशुल्क इन्टरनेट जोडिएकाले केहि कुरा सिक्न पाउनेमा ढुक्क छिन् । कार्यबाहक वडा अध्यक्ष ऐडीले चुनावको समयमा बोले अनुसारको काम गर्न पाएकोमा वडा बासीप्रति खुसी व्यक्त गरेका छन् ।
वडाको विभिन्न टोलमा इन्टरनेट सेवा प्रवाह गरि कृषि तथा ब्यापारलाई प्रविधिमैत्री बनाई उत्पादन बढाउन इन्टरनेट सहयोगी हुने इन्टरनेट सम्बन्धि जानकारहरु बताउछन् । वडामा हुने गरेका काम कारबाही छिटो, छरितो रूपमा सम्पन्न गर्ने, उत्पादन बढाउने र सेवा प्रवाह प्रभावकारी बनाउन इन्टरनेटले सहयोग गर्ने इन्टरनेट सेवा प्रदायक कम्पनि ुवर्ल्ड लिंकु का इन्जिनियर बताउछन् ।