काठमाडौँ, २९ साउन । गोरखाको पालुङटार नगरपालिका–५ धरमपानी निवासी ३५ वर्षीय बुद्धिबहादुर विककोमृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा चारजना पक्राउ परेका छन्।
बुद्धिबहादुरलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले ३४ वर्षीय रामशरण विकलगायत ४ जनालाई गएराति पक्राउ गरेको छ।उनीहरुले मादक पदार्थ पिएर कुटपिट गर्दा गम्भीर घाइते भएका बुद्धिबहादुरको
आँपपिपल अस्पताल पालुङटारमा उपचारको क्रममा मृत्यु भएको हो।
त्यसपछि ईलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको टोलीले कुटपिटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो। यस घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।