मसुरिया २० साउन/कैलालीको गौरीगंगा नगरपालिका कार्यालय वडा न(५ का अध्यक्ष विष्णु भाटले विहिवार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यलय मार्फत सहरीविकास मन्त्रालय, गृह मन्त्रालय,उर्जा,जलश्रोत तथा सिंचाई मन्त्रालयमा वडाका विभिन्न योजनाहरुको विकास निर्माणको लागि ज्ञापनपत्र बुझाएका छ्न् ।
वडाको सुरक्षाको लागिअस्थायी प्रहरी चौकी, वालुवागडा अण्डैया सिंचाई योजना, वडा भरिका सडक किनारामा व्यवस्थित पक्की नाला,खोलाले कटान गरेको स्थानमा तटबन्ध निर्माण र अति विपन्न परिवारको लागि सुरक्षित आवासको लागि ज्ञानपनपत्र बुझाएको अध्यक्ष भाटले जानकारी दिए ।