• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

अछाम बाजुरा सडकको बल्देमा वैकल्पिक मार्ग निर्माण सुरु

धनगढी १९ साउन/अछाको साँफे र बाजुराको मार्तडी सडक खण्डको पहिरोबाट क्षतिग्रस्त बल्दे क्षेत्रमा वैकल्पिक मार्ग निर्माण सुरु भएको छ। हप्तादिन भित्र वैकल्पिक मार्ग निर्माणको काम अघि बढाउने गरी साउन १७ गते भएको सहमति अनुसार बिहीबारदेखि काम सुरु भएको हो।

बुढीगंगा नगरपालिका, स्थानीय जग्गा धनी र सडक डिभिजन कार्यालय साँफे बीचको वैकल्पिक मार्ग निर्माण गर्ने त्रिपक्षीय सहमति भएको थियो। बल्दे क्षेत्रमा पहिरो जान थालेको चार वर्षपछि वैकल्पिक बाटो निर्माणको काम अघि बढेको हो।पालिकाका तर्फबाट बुढीगंगा नगरपालिकाका प्रमुख रामबहादुर बाँनीयाको टोलीले अम्कोट बासीसँग गरेको लगातारको छलफल र संवाद पछि नयाँ बाटो निर्माणका लागि जमिन दिन स्थानीय तयार भएका हुन्। उनीहरुले मुआब्जा नलिएर नै सडक निर्माण गर्न दिने साउन १५ गते मात्र लिखित सहमति दिएका थिए।

नयाँ वैकल्पिक मार्गको नगर प्रमुख राबहादुर बाँनीया, उपप्रमुख माया कुँवर, प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, सडक डिभिजन कार्यालयका प्रतिनिधीसहित स्थानीयको उपस्थितिमा कामको औपचारिक सुरुवात गरिएको हो। निर्माणको काम सडक डिभिजन कार्यालयकै मेसिन मार्फत गरिने डिभिजन कार्यालय प्रमुख राजेश यादवले बताएका छन्।चार वर्षदेखिको प्रहरी प्रशासन, राजनीतिक दल र नगरपालिकाले स्थानीयलाई नै मनाउन सकेका थिएनन्। स्थानीयले जमिन निःशुल्क दिने, सडक निर्माणको लागत सडक डिभिजन कार्यालय अछामले व्यहोर्ने र सहजिकरण नगरपालिकाले गर्ने सहमतिमा निर्माणको काम अघि बढेको नगर प्रमुख रामबहादुर बाँनीयाले बताएका छन्।

बल्देकै अवरोधका कारण साँफे मार्तडी सडक वर्षेनी वर्षादका चार महिना अवरुद्ध हुने गरेको छ। बल्देको घम्तीबाट बल्दे आटीचौर सडक भएर कन्सन बाजुराको कार्यालय अगाडिलाई नै जिरो प्वाइन्ट बनाएर सडक निर्माण सुरु गरिएको छ। पुरानै रुटको सडक थप खन्दा माथिको बस्ती नै नरहने अवस्था आएकोले गाउँ माथिबाट सडक लिन दिने सहमति गरिएका स्थानीयको भनाइ छ।सडकले मुआब्दा दिएको भन्दा तीन गुणा बढी जमिन सडककै नाममा काटिएको छ। सडक निर्माणकै कारण सिंगो अम्कोट बस्ती नै उठिबास हुने गरी पहिरोको जोखिममारहेकोले पुरानै रुटमा थप जमिन काटेर बाटो निर्माण गर्न नदिने अडान स्थानीयको छ। वैकल्पिक मार्ग निर्माणको जिरो प्वाइन्टबाट काम सुरु भएपछि जिल्ला बासीमा केही आशाको तरंग फैलिएको छ।

सामाजिक सञ्जालमा समेत नगर प्रमुखको पहललाई धन्यवादसहित लामो समयपछिको प्रयास सफल भएकोमा उत्साहित देखिएका छन्। बुढीगंगा नगरपालिकाले डिभिजन कार्यालयले काम नगरे पालिकाका तर्फबाट गर्ने तयारी नै थालेको थियो। स्थानीयको सहमतिपछि काम सुचारु गरिएको डिभिजन कार्यालय प्रमुख राजेश यादवले बताएका छन्।वर्षातको समयमा सडक निर्माणको काम प्राविधिक दृष्टीकोणबाट राम्रो मानिदैन्, तर विशेष परिस्थितिलाई मध्येनजर राखेर काम अघि बढाइएको हो। वैकल्पिक मार्ग निर्माण हुनसके तत्कालको पहिरोले अवरुद्ध सडक सुचारु हुनेछ। सदरमुकाम नै सडक सम्पर्कबाट विच्छेद हुने अवस्थाको अन्त्य र अल्पकालिन समाधानका लागि वैकल्पिक बाटो नै उपयुक्त निकास हुने नगर प्रमुख रामबहादुर बाँनीयाले बताएका छन्।

ओली नेतृत्वको सरकारका गृहमन्त्री रामबहादुर थापा बादलसहितको टोलीले नै राजमार्गको रुट नफेरिने गरी अर्को विकल्प खोज्न दिएको निर्देशन पछि सडक डिभिजन कार्यालयले डिपीआर तयार पारिसकेको छ। तर डिभिजन कार्यालयले तयार पारेको डिपीआर मन्त्रालयले थन्कीएको छ। १२ करोड लागत स्टमेटसहितको थप चार किलोमिटर मार्ग निर्माणको फाइल गएको वर्षको पौँचदेखि मन्त्रालयम थन्कीएको डिभिजन कार्यालय अछामका प्रमुख राजेश यादवले बताएका छन्।

वैकल्पिक मार्गको कच्ची बाटो निर्माण गर्न सके कालोपत्रेका लागि हिउँदमा प्रक्रिया अघि बढाए पनि हुने देखिन्छ। बाटो अवरुद्ध हुँदा सदरमुकामसँगको सम्पर्क नै विच्छेद छ। यात्रुहरु पैदल हिँड्न बाध्य छन्। व्यापारीले भरिया लगाएरै समान ढुवानी गर्नुपर्ने बाध्यताले बजारमा दैनिक उपभोग्य बस्तुको मूल्य आकाशिएको छ। जिल्ला बाहिर रिफर गरिएका बिरामीलाई झनै सास्ती देखिन्छ। साँफे मार्तडी सडक शिलान्यायको २२ वर्षपछि निर्माण सकिए पनि समस्या र सास्ती अझै सकिएको छैन।

बिहिबार, साउन १९, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल

Recent Posts

  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.