धनगढी, १८ साउन/काठमाडौंबाट मुम्बई जाँदै गरेको नेपाल एयरलाइन्सको जहाजबाट पक्राउ परेका व्यक्ति धनगढीका सुन व्यवसायी भएको खुलेको छ ।
प्रहरीले दिएको जानकारीअनुसार उनी धनगढीका व्यवसायी हुन् । पक्राउ परेका व्यक्ति धनगढीका सुन व्यवसायी सन्तोष लामिछाने भएको प्रहरीले जनाएको छ ।
उनी नेपाल सुनचाँदी व्यवसायी महासंघ,सुदुरपश्चिम प्रदेशका पुर्व अध्यक्ष हाल केन्द्रीय सदस्य समेत हुन् । धनगढीको चौराहमा सौगात सुनचादी पसल संचालन गर्दै आएका छन् ।