धनगढी, २ साउन । कैलालीको कटनी नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। कैलारी गाउँपालिका–२ उजेलीसेभर बस्ने पुरन ठकुल्लाकी छोरी ९ वर्षीया आयुशा ठकुल्लाको कटन नदीमा डुबेर ज्यान गएको हो।
आइतबार दिउँसो नदीमा नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको स्थानीय मिरर अस्पताल हसुलियामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।