धनगढी ३२ असार/धनगढीमा अब जथाभावी जग्गा प्लटिङ गर्न रोक लगाएको छ । जग्गा प्लटिङ गर्न सडक र पूर्वाधार निर्माण अनिवार्य बनाएको छ । धनगढी उपमहानगरभित्र जग्गा प्लटिङ गर्दा ग्रावेल सडक, विद्युत पोल र खानेपानीको लाइन अनिवार्य गरिएको हो।
शुक्रबारको नगरकार्यपालिकाको बैठकले जग्गा प्लटिङ गर्दा ग्राभेल सडक, खानेपानी र विद्युतका पोल जग्गा निर्माण गरेर प्लटिङ गर्नुपर्ने निर्णय गरेको हो। कार्यालपालिका बैठकले १ श्रावन २०७९ देखि कुनै पनि सडक निकाल्दा ग्राभेल र विद्युतको विस्तार भए मात्र कित्ताकाट गर्न नापी कार्यालयमा लेखी पठाउने निर्णय पारित गरिएको हो। ग्राभेल र विद्युत नपुगेका क्षेत्रमा उपमहानगरपालिकाबाट भवन निर्माणको अनुमति नदिनेसमेत निर्णय गरिएको छ।
नगरप्रमुख गोपाल हमालले पुराना सडक तथा पुराना बस्तीहरुले प्राथामिक्ता नपाएकाले यस्तो निर्णय गरिएको बताए। उनका अनुसार उपमहानगरपालिकाले पुराना बस्तीहरुमा भौतिक संरचना निर्माणको कामलाई प्राथमिकता दिएको हो। जग्गाको कारोबार तथा खरिद बिक्रीलाई निरुत्साहित गरिएको उनले बताए।