धनगढी, २४ असार । धनगढीमा प्रहरीले एक लाख बढीका अवैध भन्सार छलीका सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेडक्वाटर कैलालीको टोलीले शुक्रबार धनगढी उपमहानगरपालिका वडा नं १३ राजपुर ईलाकाबाट उक्त सामान बरामद गरेको हो।
प्रहरीका अनुसार भारतबाट १ लाख ६ हजार ४४० बराबरका लत्ताकपडा, किराना, कस्मेटिकका सामानहरु नेपालतर्फ ल्याएर बेवारिसे छाडेको अवस्थामा फेला परेका थिए। यस्तै प्रहरीले उक्त सामान कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको जनाएको छ।
