धनगढी, २२ असार । कैलालीको धनगढी उपमहानगरपालिकाबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–९ गौरिकटानबाट सोही ठाउँका २३ वर्षीय प्रेम ताम्राकारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनको साथबाट १ ग्राम अवैध लागुऔषध ब्राउन सुगर फेला परेको छ। उनीमाथि थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाकारी दिएको छ।