धनगढी, १३ असार/कैलालीको गोदाबरी जंगलमा चालकलाई बधेर लुटपाट गरी फरार भएका तिन भारतियलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई कैलालीको गोदावरी– १ स्थित जंगलबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
भारतको हरियाण प्रदेश सोनीपथ बस्ने बर्ष २१का भगत सिह, बर्ष १८का साहिल बिादलिसे र बर्ष २०का सन्नी जौटलाई पक्राउ गरी जिल्ला ल्याउन लागेको कैलाली प्रहरी नायव उपरीक्षक वेदप्रकश जोशीले जानकारी दिए ।
उनीहरुले लुटी लगेको कार प्रहरीको अनुसन्धान टोलीले गोदावरी– १ स्थित पाठक आयल स्टोर देखि शान्तिनगर जाने भित्रि सडक खण्डमा बेवारिसे अवस्थामा फेला परेको थियो ।लिफ्ट दिएर सँगै ल्याएका भारतीय एक नचिनेको समूहले कैलालीको गोदाबरीको जंगलबार डडेल्धुराका अतिताल गाँउपालिकाका कर्मचारी कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीका लुटेका थिए ।
लुटेराले भण्डारीलाई चक्कु प्रहार गरी टाउकोमा ढुङ्गाले कुटपिटसमेत गरेका छन् । उनलाई लुटेराले बाँधेर फरार भएका थिए । लुटेराले भण्डारीकोे प्रदेश ०१–२३–च ८७२१ नम्बरको कारसमेत लुटेर लगेका थिए ।
भण्डारी कञ्चनपुरको दैजी घर भएका कम्प्युटर अपरेटर भण्डारी आइतबार महेन्द्रनगरबाट डडेल्धुरा जान हिँडेका थिए । तर, गन्तव्यमा नपुग्दै उनीमाथि लुटपाट र कुटपिट भएको थियो । घाइते भण्डारीको अहिले अत्तरियाको पदमा अस्पतालमा उपचार भैरहेको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको जनाएको छ ।