किशोर तामाङ
पुनर्वास १० असार/२०७९। कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० को नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ । नगरप्रमुख तोया प्रसाद शर्माको सभापत्तिवमा सञ्चालन भएको पुनर्वास नगरपालिकाको नगर सभा एवम् ११ औ अधिवेसनमा नगर उपप्रमुख भुलीयाकुमारी रानाले नगरको नीति, कार्यक्रम तथा बजेटप्रतुत गरेका थिए ।
उप प्रमुख भुलिया कुमारी रानाले प्रस्तुत गरेअनुसार पुनर्वास नगरपालिकाले आगामी आर्थिक बर्ष ०७९/०८० मा ७७ करोड,२४ लाख, ४ हजार बराबरको बजेट ल्याएको छ । नगरपालिकाले बजेटको स्रोत अनतर्गत आन्तरिक श्रोत ३ करोड ५० लाख संघिय सरकार बित्तिय समानिकरणबाट १६ करोड९५लाख , प्रदेश सरकार बित्तिय समानिकरण १२ करोड ४१ लाख ६ हजार नेपाल सरकार ससर्त अनुदान चालु २४ करोड३६लाख , नेपाल सरकार ससर्त अनुदान पुजिगत २ करोड ७७ लाख, राजश्व बाडफाड ९संघ० १२करोड ५७ लाख ६३हजार, संघिय सरकार बिशेष अनुदान १ करोड ३० लाख संघिय सरकार समपुरक अनुदान ८० लाख प्रदेश सरकार समपुरक १ करोड ३५ लाख ४ हजार, प्रदेश सरकार बिशेष ७० लाख, सवारी साधन कर बाँडफाँड ९प्रदेश० १करोड७ लाख १हजार स्थानिय राजश्व बाडफाड १करोड।अनुमानीत अल्या भएर आउने रकम १०करोड प्राप्त हुने अनुमान गरिएको छ ।
यस्तैगरी नेपाल सरकारको आगामि आर्थिक वर्षको विनियोजन ऐन र आर्थिक ऐनको कानुनि ब्यवस्था अनुरुप निम्न शिर्षकमा प्राप्त हुने रकमहरु जुन स्थानिय सरकारको विनियोजन ऐन र आर्थिक ऐनमा राख्नु नपर्ने साथै रातो कितावमा समेत देखाउनु नपर्ने तपशिल अनुसारका शिर्षकमा सामाजिक सुरक्षा अनुमानित रकम २० करोड, सडक बोर्ड नेपाल अनुमानित रकम ५० लाख,तराई मधेश समृद्धि कार्यक्रम अनुमानित रकम ३० लाख, प्रदेश पुर्वाधार विकास कार्यक्रम अनुमानित रकम १ करोड ५० लाख बजेटको स्रोतको रुपमा रहने उपप्रमुख रानाले बताए ।
उनकाअनुसार निति कार्यक्रम तथा बजेटसंगै नगरपालिकाले आर्थिक विधेयक र आर्थिक विनियोजन विधेयक समेत संशोधन प्रस्ताव सहित पारित गरेको छ ।
आगामी आर्थिक बर्षको निति तथा कार्यक्रममा पुनर्वास नगरपालिकाले आर्थिक विकास, पर्यटन प्रवद्र्धन क्षेत्रको विकास , सामाजिक विकास, विद्युतिय समस्याको समाधान, वन, वातावरण तथा सरसफाई, सुुशासन प्रवद्र्धन, प्राकृतिक तथा मानविय विपद ब्यवस्थापन आदिलाई प्राथमिकताका राखेका छन । आर्थिक वर्ष ०७९र८० को निति,कार्यक्रम तथा बजेटमा पुनर्वास नगरपालिकाले शिक्षा,स्वास्थ्य र कृषिलाई बढि प्राथमिकता दिइएको छ । यसैगरी भूमिहिन दलित, भूमिहिन सुकुम्वासी तथा अब्यवस्थित बसोवासी लालपुर्जा वितरणका लागि आवश्यक पर्ने वजेट विनियोजनका साथै सम्पुर्ण कानुनि प्रक्रिया पुरा गर्ने नीति अवलम्बन गरि जग्गाधनी लालपुर्जा बितरण कार्यलाई तिब्रता दिइनेछ ।