धनगढी,१० असार/ कैलालीको घोडाघोडी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९र ०८० को नीति तथा कार्यक्रम सहित १ अर्ब १ करोड २३ लाख २९ हजारको बजेट सार्वजनिक गरेको छ । शक्रबार १५ औँ नगर सभा मार्फत आर्थिक वर्ष २०७९र०८० का लागी १ अर्ब १ करोड २३ लाख २९ हजार बराबरको बजेट नगर सभामा उप प्रमुख गुलिया कुमारी चौधरीले प्रस्तुत गरेकी हुन् ।
बजेटमा संघिय सरकार बाट राजश्व बाँडफाँडमा १७ करोड २५ लाख ६४ हजार, राजश्व बाँडफाँडमा प्रदेश सरकार बाट ५९ लाख ४९ हजार,वित्तीय समानीकरण अनुदान संघिय सरकार बाट २० करोड ७० लाख, वित्तीय समानीकरण अनुदान प्रदेश सरकार बाट १ करोड ५४ लाख ३६ हजारको सीमा अनुमान गरिएको छ।
त्यसै गरी संघिय सरकार बाट प्राप्त समपूरक अनुदान ३ करोड ९० लाख, प्रदेश सरकार बाट १ करोड १८ लाख, संघिय सरकार बाट विशेष अनुदान ५ करोड ८५ लाख, प्रदेश सरकार बाट ९५ लाख, संघिय सरकार बाट प्राप्त सशर्त अनुदान ३५ करोड ७६ लाख र आन्तरिक श्रोतबाट प्राप्त नगद राजश्व १३ करोड ५० लाख प्राप्त हुने अनुमान गरिएको छ ।