धनगढी, १० असार/कैलालीको जोशीपुर गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि ४८ करोड, ११ लाख, १० हजार रुपैया बराबरको बजेट प्रस्तुत गरेको छ । शुक्रबार बसेको आठौं गाउँसभामा उपाध्यक्ष रेखादेवी कठरियाले बजेट प्रस्तुत गरिन ।
जोशीपुर गाउँपालिका अन्र्तगत वडा स्तरीय योजना तथा कार्यक्रम तर्जुमा गरी कार्यन्वयन गर्न रु।३ करोड, ५० लाख, काँढा नदीमा तटबन्धका लागि रु।४ करोड, गाउँपालिकाभित्र सञ्चालन हुने क्रमागत योजनाहरुका लागि रु।३ करोड विनियोजन गरिएको छ ।
आर्थिक विकास क्षेत्र अन्र्तगतको महत्वपूर्ण पक्ष मानिने कृषी तथा पशुसेवा क्षेत्रको विकासका लागि १ करोड, ७० लाख बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले सामाजिक विकास तर्फ ३ करोड, ७६ लाख,पूर्वाधार विकास तर्फ १० करोड, गाउँपालिकाको कार्यालय सञ्चालन तथा प्रशासन, संस्थागत विकास, सेवा प्रवाह र सुशासनका क्षेत्रमा ९ करोड, २४ लाख, ७७ हजार रुपैया वजेट विनियोजन गरिएको छ।