काठमाडौं ७, असार। काठमाडौंको नागर्जुन नगरपालिका, बाफलमा एक युवकमाथि चक्कु प्रहार भएको छ। कक्षा ११ मा पढ्ने २० वर्षीय अमन खानमाथि चक्कु प्रहार भएको हो।
उनले आफूमाथि चक्कु प्रहार भएको भन्दै प्रहरी वृत्त, कालिमाटीमा ठाडो निवेदन दिएको डीएसपी अनिल घिमिरेले बताए। प्रहरीका अनुसार खानलाई कालिमाटीको माछाबजारमा धनुषा फ्रेस हाउस सञ्चालन गरी बस्ने अशोक यादव र सन्तोष यादवले कुटपिट तथा चक्कु प्रहार गरेको देखिएको छ। दुबै जनाको खोजी भइरहेको प्रहरीले बताएको छ।