कञ्चनपुर, ५ असार । कञ्चनपुरमा प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ। शनिबार साँझ बेलौरी नगरपालिका–१० भुडाबाट करिब २ सय २० मिलिग्राम अवैध लागूऔषध कालो हेरोइसहित उनीहरुलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका–९ बस्ने ३१ वर्षीय रबिन शाही र बेलडाँडी गाउँपालिका–२ ढकनिया बस्ने ६२ वर्षीय राजेन्द्र सिंह बिष्ट रहेका छन्। उनीहरुमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जानकारी दिएको छ।
