धनगढी, १ असार/सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक बर्ष २०७९/२०८०को बजेट भाषण गर्न खोज्दा अर्थमन्त्री प्रकाश रावलले सुटकेश खोल्न जानेन् ।
सभामुख अर्जुनबहादुर थापाले अर्थमन्त्री रावललाई बजेट प्रस्तुत गर्न रुलिङ्ग गरेपछि रोष्टम पुगेका अर्थमन्त्री रावल केही बेर अलमलिए । उनले रोष्टममा सुटकेश यताउता फर्काउदै किन खुल्दैन भन्न समेत माईकमा बोलेको सुनीयो ।अर्थमन्त्री केही बेर सुटकेस खोल्न निकै प्रयास गरेका थिए ।