धनगढी, १असार । धनगढीमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महुलियाका २० वर्षीय मनुउत्तम चौधरी र सोही ठाउँका २३ वर्षीय किरण चौधरी रहेका छन्।
उनीहरुलाई मंगलबार धनगढी उपमहानगरपालिका २ त्रिनगर भन्सारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीहरुको साथबाट ११६ नाईट्रोभेट ट्याब्लेट फेला परेको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।