कैलाली ३१ जेठ । कैलालीमा लागु औषध खैरो र हिराईनसहित दुइ जना पक्राउ परेका छन् । सुचनाका आधारमा हिजो (सोमबार) १५ ग्राम ५ सय मिलिग्राम लागु औषध खैरो हिरोइनसहित बर्दगोरिया गाउँपालिका वडा न.४ बस्ने २६ वर्षीय दिनेश ठकुल्ला र २५ वर्षीय यमराज शाहीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुसगं सु.प.प्र.०१००१० प.६७२८ नम्बरको मोटरसाइकल सहित दुबै जनालाई आवश्यक कारवाहीको लागी इलाका प्रहरी कार्यालय भजनीमा लगिएको छ ।
दुबै जना माथि थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय भजनीले जनाएको छ ।
