काठमाडौँ, २७ जेठ । वैदेशिक रोजगारीका क्रममा मलेसियाको क्लाङ मेरुमा रहेका पाँचथरका एकजना युवाको हत्या भएको छ।नेपालीले युवाले नै प्रहार गरेको छुराबाट कुमार तामाङको मृत्यु भएको हो।
तामाङले मेरुमा रहेको टप्स ग्लोब कम्पनी अगाडि क्यान्टिन सञ्चालन गर्दै आएका थिए।मदिरा पिएका ४ जनाको समूहका नेपालीहरुले नै उनलाई छुरा प्रहार गरेका मलेसियाबाट पत्रकार तिलोचन गौतमले जानकारी दिए।
उक्त घटनामा संलग्न नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
