धनगढी, १९ जेठ । कैलालीको धनगढी उपमहानगरपालिकाले संघीय सरकारबाट झण्डै साढे ९६ करोड अनुदान पाउने भएको छ। आगामी आर्थिक वर्षमा प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीले ९६ करोड ४८ लाख रुपैयाँ संघीय सरकारबाट अनुदानका रुपमा पाउने भएको हो।
चालू आर्थिक वर्षमा उपमहानगरपालिकाले ८८ करोड ३५ लाख अनुदान पाएको थियो। सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ४ खर्ब रुपैयाँ २९ अर्ब प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरेको छ। सरकारले संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी चार प्रकारका अनुदान प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्छ।