जनकपुरधाम, १७ जेठ । आफ्नै भाउजुलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा सप्तरी प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सप्तरीको बोदेबरसाईन नगरपालिका १ बस्ने परमेश्वर साह छन्।
सप्तरी प्रहरीका प्रवक्ता डीएसपी माधव प्रसाद काफ्लेका अनुसार गत २१ माघमा परमेश्वरले आफ्नै दाई रबिन साहकी श्रीमती २७ वर्षीया राजकुमारी साहलाई शरीरमा पेट्रोल छर्केर आगो लगाई हत्या गरेका थिए।
घटना पश्चात फरार रहेका परमेश्वरलाई इलाका प्रहरी कार्यालय बोदेबरसाईन सप्तरीबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको डीएसपी काफ्लेले जानकारी दिए।
उनलाई सोमबार कर्तव्य ज्यान मुद्दामा सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी हिसासतमा राखेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।