काठमाडौं १५ जेठ/ सरकारले म्यादी प्रहरीलाई संचित प्रहरी बलको रुपमा राख्ने भएको छ । यस्तै उनीहरुलाई लक्षित गरेर कार्यक्रम समेत ल्याइनेछ ।
आइतबार संघीय संसद्को दुवै सदनका संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन ।