धनगढी, १३ जेठ । कैलालीको लम्कीचुहा नगरपालिका–१ लम्की बस पार्कबाट करिब ७ सय मिलिग्राम अवैध लागूऔषध (खैरो हेरोईन) जस्तो देखिने पदार्थसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार दिउँसो उनीहरुबाट नगद ३८ हजार १ सय रूपैयाँसहित अवैध लागूऔषध बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २८ वर्षीय भुपेश थापा, २४ वर्षीय धनबिर चौधरी र जानकी गाउँपालिका–९ बस्ने २८ वर्षीय महेन्द्र रावल रहेका छन्। ईलाका प्रहरी कार्यालय लम्कीचुहाबाट खटिएको प्रहरीले भुपेश र धनबिरलई उक्त लागूऔषध र नगद ३ हजार रूपैयाँसहित नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त लागूऔषध महेन्द्रबाट खरिद गरेको भन्ने खुल्न आएपछि महेन्द्रलाई समेत प्रहरीले पक्राउ गरेको हो। महेन्द्रको साथबाट नगद ३५
हजार १ सय प्रहरीले बरामद गरेको छ।