धनगढी, १३ जेठ । कञ्चनपुरमा खुकुरी प्रहार गर्न खोज्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–३ का १९ वर्षीय कविराज भट्टलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।
उनले वेदकोट नगरपालिका–९ का १८ वर्षीय सुनिल विष्टमाथि खुकुरी प्रहारको प्रयास गरेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए। प्रवक्ता शाहका अनुसार महेन्द्रनगर बजारको गल्लि नम्बर ५ मा विष्टमाथि खुकुरी प्रहारको प्रयास भएको थियो। प्रहरीले सो विषयमा अनुसन्धान भइरहेको बताएको छ।